विवादमा तानिएका इटहरीका मेयरले निकाले यस्तो विज्ञप्ति

७ बर्ष अगाडि

काठमाडौं– एक कार्यक्रममा अपाच्य शब्द बोलेको भन्दै विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वरिकलाल चौधरीले माफी मागेका छन् । 
शुक्रबार एक विज्ञप्ति जारी गर्दै चौधरीले असार ४ गते इटहरी १६ र १७ मा नागरिक समाजले गरेको सामाजिक विकृत विरुद्धको कार्यक्रममा आफूले बोलेको शब्दहरुले कसैको भावनामा चोट पर्न गएको भए माफी मागेको बताएका छन् । 
उनले इटहरीमा मौलाउँदा यौनधन्दालाई नरोकी समुन्नत इटहरीको परिकल्पना गर्न नसकिने भन्दै इटहरीको समृद्धि र विकास सबैको सहयोग बिना सम्भव नहुने उल्लेख गरेका छन् ।
यसअघि पत्रकारलाई दुर्व्यवहार गरेको अभियोगमा विवादमा तानिएको चौधरीले सो प्रकरणमा पनि विज्ञप्तिमार्फत माफी मागेका थिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया