काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेता,कार्यकर्ता जेल परेका छन्।
आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेता,कार्यकर्तामध्ये ८५ जनालाई कारागार चलान गरिएको हो।
प्रहरीका अनुसार कारागारमा रहेका र अनुसन्धानपछि रिहा भएकामाथी ४ सय ७४ वटा मुद्दा दर्ता गरिएको छ। आतंककारी, विध्वंसात्मक तथा संगठीत अपराध र लुटपाटमा संलग्न रहेको अभियोग लगाउँदै नेकपामाथी २०७५ फागुन २ गतेको मन्त्रिपरिषदले प्रतिवन्ध लगाउँदै उसका गतिविधि नियन्त्रणमा चारवटै सुरक्षा निकाय परिचालन गरेको छ।
गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई लुटेरा समूहको संज्ञा दिदै सरकार चुप लागेर नबस्ने चेतावनी दिएका थिए। त्यसको ५ दिनपछि विप्लवमाथी सरकारले प्रतिवन्ध नै लगाएको थियो।
प्रतिक्रिया