कर्णाली नदीमा जीप डुबेर बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने भएको छ ।
खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नंको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित ११ जना बेपत्ता भएका थिए ।
बेपत्ता भएकाहरुको खोजी तिव्र बनाउदा पनि शव नभेटिएपछि बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ ।
सबीच खार्पुनाथ गाउँपालिकाले ११ जनाको मृत्यु भएको शोकमा असार १५ गते शोक बिदा दिने निर्णय गरेको छ ।
प्रतिक्रिया