काठमाडौँमा मेलम्चीको पानी कहिले आउँछ ? मन्त्री मगर भन्छिन्: मिति तिथि थाहा भएन

७ बर्ष अगाडि

काठमाडौँ –  खानेपानी मन्त्री बीना मगरले निति तथा कार्यक्रममा समावेस भएअनुसार नै काठमाडौँ उपत्यकामा आर्थिक वर्षभित्रै मेलम्चीको पानी आउने बताएकी छिन् ।, 

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री मगरले यस्तो बताएकी हुन् । 

आज बसेको बैठकमा काठमाडौँ बासीले कहिले खान पाउछन्,कृपया तिथि मिति बताइदिनुहुन्छु कि  ? भनेर सांसद राजेन्द्र कुमार केशीले प्रश्न गरेपछी उनले भनिन् सम्मानिय राष्ट्रपतिले निति तथा कार्यक्रममा यो आर्थीक वर्षभित्रै सम्पन्न गर्ने र काठमाडौँ बासीलाई यो आर्थिक वर्षभित्रै पानीको पहुचको सुनिश्चितता गर्ने भन्ने विषयमा दोहोर्याइसक्नु भएको छ । तसर्थ उहाँहरुले खोज्नुभएको समय मिति तथा तिथि प्रष्ट भएन तर सम्भवत समावेश हुन्छ जस्तो लाग्छ । 

बैठकमा बोल्दै मन्त्री मगरले अवरुद्ध मेलम्ची आयोजनाको निर्माण कार्य अघि बढेको बताईन्। 

उनले निर्माण कार्य अगाडी बढेको भन्दै यस अन्तर्गतका बाकि निर्माण कार्यलाई दुई वटा मुख्य प्याकेज र आठ ओटा सहायक प्याकेज रहने गरी ठेक्का ब्यवस्थापन गरिसकेको बताईन् । 

उनले हेडवर्कस निर्माण कार्यका लागि १ अर्ब २३ करोड ३१ लाख,सुरुङ्गको बाकि निर्माण र फिनिसिङ्गका लागि ९५ करोड ९७ लाख र अन्य आठवटा सहायक प्याकेजका लागि ४३ करोड ६४ लाख गरि प्रथम चरणको बाकि निर्माण कार्यको लागत २ अर्ब ६२ करोड ९२ लाख रहने जानकारी दिईन् । 

साथै दोस्रो चरण अन्तर्गतका एनेलार्के नदिबाट थप ३४ करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने कार्यको परमार्श सेवा,संरचना निर्माण,जग्गा प्राप्ति लगाएतका कार्यका लागी यथेस्ट बजेट विनियोजित गरिएको छ । उनले मेलम्ची आयोजनामा समग्रमा ७ अर्ब ३८ करोण  ९५ लाख बजेट व्यवस्थापन गरिएको बताईन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया