अवरुद्ध मेलम्ची खानेपानीको निर्माण कार्य अघि बढेको छ,
काठमाडौँ – खानेपानी मन्त्री बिना मगरले अवरुद्ध भएको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अघि बढेको बताएकी छिन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री मगरले अवरुद्ध मेलम्ची आयोजनाको निर्माण कार्य अघि बढेको बताएकी हुन् ।
उनले निर्माण कार्य अगाडी बढेको भन्दै यस अन्तर्गतका बाकि निर्माण कार्यलाई दुई वटा मुख्य प्याकेज र आठ ओटा सहायक प्याकेज रहने गरी ठेक्का ब्यवस्थापन गरिसकेको बताईन् ।
उनले हेडवर्कस निर्माण कार्यका लागि १ अर्ब २३ करोड ३१ लाख,सुरुङ्गको बाकि निर्माण र फिनिसिङ्गका लागि ९५ करोड ९७ लाख र अन्य आठवटा सहायक प्याकेजका लागि ४३ करोड ६४ लाख गरि प्रथम चरणको बाकि निर्माण कार्यको लागत २ अर्ब ६२ करोड ९२ लाख रहने जानकारी दिईन् ।
साथै दोस्रो चरण अन्तर्गतका एनेलार्के नदिबाट थप ३४ करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने कार्यको परमार्श सेवा,संरचना निर्माण,जग्गा प्राप्ति लगाएतका कार्यका लागी यथेस्ट बजेट विनियोजित गरिएको छ । उनले मेलम्ची आयोजनामा समग्रमा ७ अर्ब ३८ करोण ९५ लाख बजेट व्यवस्थापन गरिएको बताईन् ।
प्रतिक्रिया