काठमाडौं – चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारबाट रु आठ खर्ब २६ अर्ब विप्रेषण भित्रिएको छ ।
यो अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स गएको आवको सोही अवधिकोभन्दा १९.४ प्रतिशत हो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आवको खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.७ प्रतिशत रहेको छ भने हिमाल सबैभन्दा मह्गो भएको छ ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ ।
चालु आवको यस अवधिमा देशको व्यापार घाटा रु १० खर्ब ९९ अर्ब पुगेको छ । यस अवधिमा रु ११ खर्ब ७८ अर्बको वस्तु तथा सेवा नेपाल भित्रिएका छन् भने रु ७८ अर्ब ५३ करोडको निर्यात भएको छ ।
यस अवधिमा चालु खाता घाटा विस्तार भएर रु दुई खर्ब २१ अर्ब पुगेको छ । गत आवको सो अवधिमा यस्तो घाटा रु एक खर्ब ९२ अर्ब रहेको थियो । १० महिनाको यो अवधिमा मुलुकको शोधनान्तर स्थिति रु ६८ अर्ब २० करोड घाटामा रहेको छ । गएको आवको शोधनान्तर स्थिति रु १८ अर्ब ९३ करोड रहेको थियो ।
प्रतिक्रिया