जतिबेला पनि मन्त्रीहरु हेरफेर हुन सक्छन् : अध्यक्ष प्रचण्ड

७ बर्ष अगाडि

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन् । 

कास्कीमा भएको पत्रकार भेटघाट कायक्रममा मन्त्री हेरफेर हुन सक्नेबारेमा पत्रकारले राखेको जिज्ञासामा प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भने, ‘बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ । तर अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि पुनर्गठन हुन सक्छ ।’


 

७ बर्ष अगाडि

प्रतिक्रिया