कलेज सम्बन्धका लागि ५० हजार घुस माग्दा सहायक डीन समातिए

७ बर्ष अगाडि

काठमाडौं–त्रिभुवन विश्व विद्यालय विज्ञान संकायका सहायक डीन पक्राउ परेका छन् । 
 कलेजको सम्बन्धन नवीकरण गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सहायक डीन डा शम्भु प्रसाद पटेललाई ५० हजार घुस सहित पक्राउ गरेको हो । 

पटेललाई ५० हजार घुस लिइसकेको अवस्थामा किर्तिपुर ट्यङ्लाफाँट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया