भूमि व्यवस्थालाई प्रविधि मैत्री बनाउन सुरु गरियो :प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताएका छन् । 
कलंकीमा आज  नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 
प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताएका छन् । “अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ” प्रधानमन्त्री ओलीले भने ।  प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु ,पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए । 
प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने पर्ने बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया