सिंगापुरको क्रुजमा काम लगाईदिन्छु भन्दै ६ करोड ठगी गर्ने पौडेल प्रहरीको फन्दामा

७ बर्ष अगाडि

काठमाडौं – सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोटको गणेशस्थान गाविस घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका स्थित मनमैजु बस्ने प्रवीण पौडेल रहेका छन् । 

उनले ट्रेनिङ सेन्टर खोलेर सिंगापुर पठाइदिने र मासिक ६५० डलर तलब हुने भन्दै करीब ३०० जनाबाट ६ करोड ठगी गरेको प्रहरीले जनाएको छ । 

आफू ठगिएको भन्दै झापाको तीर्थ हमालले दिएको उजुरीको आधारमा लुकीछिपी बसेको अवस्थामा हेटौडाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया