काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई हर कुरामा आवेश र उत्तेजनामा नआउन आग्रह गरेका छन् ।
आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने,केही कुरामा असन्तुष्ट भए छलफल गरेर त्यसलाई अगाडी लान सकिन्छ । तर हर कुरामा आवेश र उत्तेजनामा आउन जरुरी नहुने उनको भनाई छ ।
उनले अहिलेको सरकार जनताको सरकार भएको भन्दै जनताले जे चाहन्छन्, जे भन्छन्,जनताको हित जेमा छ त्यही हुने बताए । उनले भने, केही कुरामा असन्तुष्ट भए छलफल गरेर त्यसलाई अगाडी लान सकिन्छ ।
ओलीले कांग्रेसलार्ई घुमाउरो पारामा जोड्दै हर कुरामा आवेश र उत्तेजनामा नआउन समेत आग्रह गरे ।
प्रतिक्रिया