काठमाडौँ – प्रतिपक्ष दल नेपाली कांग्रेसका ७७ जिल्लाका सभापतिहरुले गुठी विधेयक जग्गा व्यवस्थापनका नाममा गुठीयारको अधिकार खोसेर सरकारको नाममा ल्याई गुठीको सम्पत्तिमाथि कब्जाको रणनीति लिएको भन्दै सरकारमाथि आरोप लगाएका छन् ।
काग्रेसले आज एक विज्ञप्ति जारी गर्दे सर्वसत्तावाद तर्फ उन्मुख सरकारले गुठीयारको अधिकार खोस्ने मात्र हैन हाम्रो धर्म,संस्कृति र परम्परामाथि प्रहार गर्न खोजेको स्पष्ट भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,हाम्रो धर्म संस्कृति र परम्पराको संरक्षणकानिम्ति स्थापित भएको गुठीका सम्बन्धमा ल्याईएको विधेयक तत्काल फिर्ता लिई , गुठीमा आइपरिरहेको समस्या समाधान गर्नतर्फ नेपाली कांग्रेसका जिल्ला सभापतिहरू सरकारको ध्यानाकर्षण गर्न चाहान्छौँ ।
यस्तो छ विज्ञप्ति:
हाम्रो संस्कृति, परम्परा, पूर्वजले सुम्पेको धरोहर र गौरवको प्रतीक हो गुठी । हाम्रा पूर्वजले सामाजिक कार्य तथा धर्म ,संस्कृति र परम्पराको संरक्षण हेतु खडा गरिएको गुठी नेपालको एउटा विशेषता हो ।
विशेषगरिकन काठमाडौ उपत्यकाको धरोहर र पहिचान गुठीनै हो । तेस्तै देशभरका जिल्लाका विभिन्न भेगमा पनि यस्ता गुठिका जग्गाहरु प्रसस्त भेटिन्छ , संविधानमा भएको प्राबधान "सनातनदेखि चलिअाएको धर्म संस्कृतिको संरक्षण" को विपरीत अाएको गुठी विधेयक जग्गा व्यवस्थापनका नाममा गुठीयारको अधिकार खोसेर सरकारको नाममा ल्याई गुठीको सम्पत्तिमाथि कब्जाको रणनीति लिएको स्पष्ट हुन्छ ।
सर्वसत्तावाद तर्फ उन्मुख सरकारले गुठीयारको अधिकार खोस्ने मात्र हैन हाम्रो धर्म,संस्कृति र परम्परामाथि प्रहार गर्न खोजेको स्पष्ट हुन्छ । हाम्रो धर्म संस्कृति र परम्पराको संरक्षणकानिम्ति स्थापित भएको गुठीका सम्बन्धमा ल्याईएको विधेयक तत्काल फिर्ता लिई , गुठीमा अाइपरिरहेको समस्या समाधान गर्नतर्फ नेपाली कांग्रेसका जिल्ला सभापतिहरू सरकारको ध्यानाकर्षण गर्न चाहाछौल । विभिन्न मितिमा गुठियारहरुले आन्दोलनमा उत्रिदा सरकार बाट भएको धरपकडा प्रति दुख व्यक्त गर्दछौं ।
गुठी विधेयकको विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका संरक्षणकर्मी तथा विभिन्न गुठीयारहरुले १० मिनेटमा प्रदर्शन समाप्त गर्ने जनाउदिदादिदै सरकारी दमन धरपकड र अन्धाधुन्ध बलप्रयोग गरि पानीको फोहरा प्रहारगरी दर्जनौ संरक्षणकर्मी तथा गुठीयारहरुलाई घाईते बनाइएको प्रति गम्भीर ध्यानाकर्षणका साथै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारका विपरित यो सरकारको चरित्र निरङ्कुशता तर्फ उन्मुख भएको स्पष्ट छ ।
संविधानको प्रतिकूल धर्म संस्कृति र परम्परा विनाश गर्ने गरि ल्याईको विधेयक कुनैपनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल यो गुठी विधेयक संसद्बाट फिर्ता लिन हामी नेपाली कांग्रेस का देशभरका जिल्ला सभापतिहरू जोडदार माग गर्दछौं ।
निम्न अनुसार जिल्ला सभापतिहरू लगायत ७७ जिल्ला सभापतिहरूको तर्फ वाट .....
जगदिश्वरनरसिह के सि- नुवाकोट अमरसिंह पुन रोल्पा सबुत बनिया -काठमाडौ खड्ग बहादुर शाही - मुगु नरेश कुमार श्रेष्ठ - खोटाङ अमर प्रसाद भण्डारी - प्युठान हर्ष बहादुर बम- कालिकोट सन्जय गौतम - बर्दिया मधु आचार्य - काभ्रेपलान्चोक प्रम प्रकाश ओलि - रुकुम उज्ज्वल बराल - सिन्धुली बिकास लामा - सिन्धुपाल्चोक लिला बोखिम - ताप्लेजुङ बिदुर बस्नेत - उदयपुर नरेन्द्र कुमार केरुङ - पाचन्थर हिमाल कर्माचार्य - इलाम लगायत देशभर का नेपाली कांग्रेस सभापतिहरुको काठमाडौ बाट
प्रतिक्रिया