काठमाडौँ – लोकसेवा आयोगको जीआइडीसी सर्भरमा दरखास्त अपलोड गर्न कठिनाई भएपछि दर्खास्त भर्न म्याद थफ गरेको छ । स्थानिय तहका विभिन्न पदमा पदपुर्तिका लागि विभिन्न तहका लागि दरखास्त दिने उम्मेदवारको संख्या अत्यधिक भएका कारण जीआइडीसी आयोगको सर्भरमा कठिनाई भएपछि आयोगले दर्खास्त भर्न म्याद थप गर्ने निर्णय गरेको हो ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दे सो निर्णय गरेको जानकारी दिएको हो । आयोगको दरखास्त फारम बुझाउन नसकिएको भन्दै निवेदन परेपछि आयोगले चाज गरेको थियो । जाच गर्दा आयोगले सोही अनुरुपको अवस्था पाएपछि आयोगले २०७६/३/३ को निर्णय अनुसार दरखास्त दिने अन्तिम मिति ०७६/३/१० गते सम्म कायम गर्ने विज्ञप्तिमार्फत जनाएको छ । र सो पश्चात १७ गतेसम्म दोव्बर दस्तुर तिरेर दर्खास्त दखिला गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया