मध्यपश्चिमाच्चल विश्वविद्यालयलाई 'अनेरास्ववियू'को सुभकामना (विज्ञप्तिसहित)

७ बर्ष अगाडि

काठमाडौँ – कर्णाली प्रदेशको शानको रुपमा रहेको मध्यपश्चिमाच्चल विश्वविद्यालय आजबाट आठौँ वर्ष पुरा भई नवौँ वर्षमा प्रवेश गरेको छ । 

आठौँ वर्ष पुरा भई नवौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अनेरास्ववियू सो विद्यालयलाई शुभकामना व्यक्त गरेको छ । 

आज अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दे सुभकामना दिएको हो । अनेरास्ववियुले सो विद्यालयलाई उन्नयनको पक्षमा निरन्तर साथ दिने प्रतिवद्धता ब्यक्त व्यक्त गरेको छ । 

यस्तो छ अनेरास्ववियुले निकालेको विज्ञप्ति :

कर्णाली प्रदेशको शानको रुपमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आठौं वर्ष पूरा गरि नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अनेरास्ववियू हार्दिक शुभकामना ब्यक्त गर्दै यसको उन्नयनको पक्षमा निरन्तर साथ दिने प्रतिवद्धता ब्यक्त गर्दछ । तर मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं वार्षिकोत्सबको सन्दर्भमा उत्पन्न घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

खासगरी विश्वविद्यालयको वार्षिकोत्सब मनाउने क्रममा राजधानीको एक निजी कलेजको प्रायोजनमा छापिएको टि–सर्ट विश्वविद्यालय स्वयंले वितरण गरेको घटना सर्वथा नाजायज छ । यसवाट कतै विश्वविद्यालय अमुक निजी कलेजको अवाञ्छित स्वार्थको चंगुलमा पर्न खोजेको त छैन ? भन्ने गम्भीर आशंका पैदा भएको छ । यस विषयले विश्वविद्यालयको गरिमा अभिवृद्धि नगर्ने र प्राज्ञिक मर्यादा पनि कायम नरहने भन्दै स्थानीय रुपमा विद्यार्थीहरु आन्दोलित हुँदै आएको विदितै छ ।

विद्यार्थी संगठनहरुले उठाएका जायज मागहरुलाई वार्ता र छलफल मार्फत अविलम्ब हल गर्नुको सट्टा प्रहरी प्रशासन लगाएर विद्यार्थीहरुलाई उल्टो धरपकड र गिरफ्तार गर्ने विश्वविद्यालय प्रशासन र उपकुलपतिको रवैया निन्दनीय छ । यसै घटनालाई लिएर आज मात्रै विद्यार्थी नेताहरु अम्मरराज शाही , धुपेन्द्र शाही , तिर्सना हमाल , नवीन योगी , गणेश शाही , राजन केसी , महेन्द्र कुमार थापा , ममता अधिकारी , सरोज न्यौपाने , बसन्त बस्नेत , न्युटन वलिलाई गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएका सम्पुर्ण विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न र उत्पन्न समस्यालाई समाधान गर्न जोडदार माग गर्दछौं ।

............................. ऐन महर संयोजक अनेरास्ववियू

............................ रञ्जित तामाङ् सह–संयोजक अनेरास्ववियू

७ बर्ष अगाडि

प्रतिक्रिया