सामाजिक सुरक्षा कार्यक्रम करिब करिब असफल, अब के गर्लान् प्रधानमन्त्री ओली ?

७ बर्ष अगाडि

काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम करिब करिब असफल जस्तै भएको छ ।

कार्यान्वयनको मिति नजिकिदै गएपनि सरकारले सोचे जस्तो सफलता हासिल गर्न सकेको छैन । कार्यक्रम सुरु भएको ७ महिनाको अवधिमा तीन हजार रोजगारदाता संघसंस्थामात्रै कोषमा सूचिकृत भएका छन् ।

गत मंसिर ६ गते उक्त कार्यक्रम घोषणा गरिएको थियो ।  सरकारले संकलन गरेको तथ्यांकअनुसार नेपालमा करिव नौ लाख संघ संस्थाले रोजगारी दिइरहेका छन् । जेठ समान्तसम्म जम्मा तीन हजार उद्योग, संघसंस्था तथा प्रतिष्ठान सूचिकृत भएका छन् । देशभर संचालित औद्योगिक प्रतिष्ठान तथा संघसंस्थामध्ये तीन लाख ठूला तथा साना उद्योग हुन् भने वाँकी ६ लाख अन्य संघसंस्था रहेका छन् ।

हालसम्म सूचीकृत हुन आएका रोजगारदाता संघसंस्था तुलनात्मक रुपमा कम भएको कोषले स्वीकार गरेको छ ।

सरकारी योजनाअनुसार यहि असार मसान्तसम्म सबै रोजगारदाता तथा श्रमिकहरुले कोषमा सूचीकृत हुन निवेदन दिइसक्नु पर्नेछ । सरकारले रु ५५ लाख ९१ हजार खर्च गरेर तामझामका साथ सुरु गरेकोे योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले सोचे जस्तो सफलता हाँसिल गर्न नसकेपछि कोषमा सहभागिता बढाउन केही जनशक्ति परिचालन गरेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया