चीनलाई भारतले उछिन्दै, यस्तो छ तथ्यांक

७ बर्ष अगाडि

काठमाडौँ – संयुक्त राष्ट्रसंघको अर्थव्यवस्था र सामाजिक मामिला विभाग (यूएन–डीईएसए)ले विश्वको जनसंख्यासम्बन्धी एउटा रिपोर्ट सार्वजनिक गरेको छ । 

सोमबार सार्वजनिक रिपोर्ट अनुसार वर्तमान विश्वमा चीन १ अर्ब ४२ करोड जनसंख्या सहित सबैभन्दा बढी जनसंख्या हुने मुलुक बनेको छ । त्यसपछि १ अर्ब ३६ करोड जनसंख्या सहित भारत दोस्रो स्थानमा छ । 

रिपोर्टले भविष्यको जनसंख्या पनि प्रक्षेपण गरेको छ । जसअनुसार सन् २०२७ सम्म भारतको जनसंख्या चीनको भन्दा बढी हुनेछ । 

रिपोर्टमा जनाइए अनुसार सन् २०५० सम्म भारतको जनसंख्या १ अर्ब ६४ करोड हुनेछ । तत्कालीन अवस्थामा त्यो संख्या विश्वको कुनै देशको भन्दा बढी हुनेछ । 
२१ औं शताब्दीको अन्त्यसम्म विश्वको जनसंख्या ११ अर्बसम्म पुग्नेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया