संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेसको नाराबाजी, बैठक बुधबारसम्म स्थगित

७ बर्ष अगाडि

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेस सांसदले नाराबाजी गरेका छन् ।

संसद बैठक सुरु भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर विरोध बोल्न समय माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए । 

तर काँग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए । 

उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायतका नाराबाजी गरेका थिए । विपक्षीको नाराबाजी चर्दै गर्दा ओली भने रोस्टममा मुस्कुराइ रहेका थिए ।

नाराबाजीपछि बैठक बुधबारसम्मको लागि स्थगित भएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया