चोरी गर्दा यस्तो सांकेतिक भाषा प्रयोग गर्छन् पाकेटमारले, चोर्दा–चोर्दै ८२ जना पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ - पाकेटमारी तथा चोरीका घटनामा घटनामा संलग्न भएको भन्दै प्रहरीले ८२ जनलाई  पक्राउ गरेको छ ।

सार्वजनिक यातायातमा पाकेटमारी र चोरी बढेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँले जेठ महिनासम्म विशेष अभियान चलाएको थियो ।

सादा पोसाकका प्रहरीले बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा–चोर्दै उनीहरुलाई रङ्गे हात पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा ७८ पुरुष र ४ महिला पाकेटमार रहेका छन् ।

पकेटमारी गर्दा एक अर्कामा प्रयोग गर्ने सांकेतिक भाषा

सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २/२ जनाको दरले ६ जना सम्मको ग्रुप वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीवाट घेरावन्दीमा पारि ठेलमठेल को अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने देखीएको ।

पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषा :-

(पैसा - द ,

मोवाईल - कान,

 काशी- पैसा धेरै छ 

टानको द-  पैसा थोरै छ

जुटको द- गाडी 

कांचा- केटा 

छापा- केटी

भद्रि- पुलिस आयो ठल्दाई आयो

ड्राईभर - माम,  खलासी- मले 

गाडीवाट झरेर भाग-  टप्की

गाडी भित्र अगाडी सर - अकल जा

गाडी भित्र पछाडी सर - चिछल जा 


 

७ बर्ष अगाडि

प्रतिक्रिया