सातै प्रदेशमा बजेट सार्वजनिक हुँदै, कुन प्रदेशलाई कति ?

७ बर्ष अगाडि

काठमाडौँ – प्रदेश सरकारले आज सातै प्रदेशमा  बजेट पेश गर्दैछन।  केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक प्रावधान अनुसार सबै प्रदेश सरकारले आफ्ना सबै क्षेत्रमा बजेट विनियोंजन गर्ने भएका हुन् । 

यसअघि प्रदेश सरकारहरुले आफ्नो प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाइसकेका छन् । उनीहरुले कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बजेटको प्राथमिकता बनाएका छन् ।

सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने बताइएको छ । 

जसमध्ये प्रदेश १ – करिव ४२ अर्ब, प्रदेश २– करिब ३५ अर्ब,प्रदेश ३– ४८ देखि ५० अर्ब,गण्डकी प्रदेश–३२ अर्ब,प्रदेश ५– करिब ३४ अर्ब, कर्णाली प्रदेश– ३३ अर्ब सुदुर पश्चिम प्रदेश–२९ अर्ब बजेट पेश गरिने भएको छ। 

७ बर्ष अगाडि

प्रतिक्रिया