पाकिस्तान उड्न लागेको 'पीआईए' विमानमा यात्रुले आपतकालिन ढोका खोलेपछि

७ बर्ष अगाडि

एजेन्सी – संयुक्त अधिराज्यबाट पाकिस्तान उड्न लागेको एउटा विमानका यात्रुले आपतकालिन ढोका खोलेपछि जहाजको उडान सात घण्टाले ढिलो हुन पुग्यो ।

विमान उड्नु अघि नै उक्त घटना भएकाले कुनै मानवीय हताहती भने हुन पाएन । घटना बेलायतको म्यानचेस्टर विमानस्थलको हो । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) फ्लाइट ७०२ शुक्रबार म्यानचेस्टरबाट इस्लामावाद उड्ने लागेको थियो । 

विमानमा सवार एक जना व्यक्तिले वाथरुम भनेर हातरमा खोलेको ढोका, आपतकालिन ढोका पर्न गयो । त्यसपछि विमानमा सवार सबै ४० यात्रुलाई उतारिएको थियो । यी सबका कारण विमानको उडान ७ घण्टा ढिलो पर्न गयो । संवेदनशील अवस्थामा आपतकालिन ढोका खोलिएको यो पहिलो घटना भने होइन ।

मे महिनामा चीनको पूर्वी प्रदेश शान्दोङमा एक जना व्यक्तिले विमान अवतरणपछि छिट्टै ओर्लनको लागि आफ्नो सिट छेउको आपतकालिन ढोका खोल्दा पक्राउ परे । सङ थरका ती व्यक्तिलाई जहाजबाट ओर्ले लगतै मानिसको ज्यान जोखिममा पारेको आरोपमा पक्राउ परेको थियो । 

त्यस्तै सन् २०१८ फेब्रुअरीमा नाइजेरियोको राजधानी अवुजामा दाना एयरलाइनको एउटा विमान अवतरण गर्ने क्रममा विमानको आपतकालिन ढोका आफै खसेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया