काठमाडौं – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको भनाई भन्दै विभिन्न अनलाईन र सामाजिक संजालमा प्रकाशित समाचारप्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको मन्त्रालयाले जनाएको छ ।
पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई समाचारमा मन्त्रीको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित भएकोमो आपत्ति जनाएको छ ।
जारी गरिएको विज्ञप्तिमा भनिएको छ, उक्त समाचारबारे हामिले नयांपत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई बुझ्दा समेत समाचार नयांपत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको समेत उहांले स्पष्ट पार्नुभएको छ । त्यसैले यो खवर झुटो भएको जानकारी दिन चाहन्छौ ।
पत्रकार रवि लामिछानेको सन्र्दभमा माननिय मन्त्रीज्युले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहांको हवाला दिंदै आएका समाचारहरु सवै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं ।
विज्ञप्तिमा भनिएको छ, म यसप्रकारका भ्रममा समेत नपर्न सम्वन्धित सवैमा आग्रह गर्दछु । साथै यस घटनाको कानुनी उपचार खोज्ने काम भईरहेको समेत आम जनसमुदाय र संचारकर्मी साथीहरुलाई जानकारी दिन चाहन्छु ।
प्रतिक्रिया