यातायात भाडा बढाउने निर्णयबाट पछि हट्यो सरकार, यस्तो छ कारण

७ बर्ष अगाडि

काठमाडौं– यातायात व्यवस्था विभाग सार्वजनिक सार्वजनिक यातायातको भाडावृद्धि गर्ने निर्णयबाट पछि हटेको छ । भाडावृद्धिबारे आलोचना हुन थालेपछि मन्त्रालयको निर्देशनमा विभाग आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ । 
 विभागले बिहीबार दिउँसो सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो । 
तर, यससम्बन्धमा थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता महसुश भएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि भाडा वृद्धि कार्यान्वयन नहुने विभागले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
विभागका प्रवक्ता तीर्थराज खनालले जारी गरेको विज्ञप्तिमा असार १ देखि लागू हुने भनिएको नयाँ भाडादर लागू नहुने उल्लेख गरिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया