दल दर्ताको निवेदन दिएसँगै कडा रुपमा प्रस्तुत भए बाबुराम

७ बर्ष अगाडि

काठमाडौं – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भइ बनेको ‘समाजवादी पार्टी नेपाल’ले  बिहीबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । 

दल दर्ताको निवेदन दिन पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय  परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरु आयोग पुगेका थिए । 

एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने चुनाव चिन्ह पछि बुझाउने नेता प्रकाश अधिकारीले जानकारी दिए ।  २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको बताइएको छ ।

यसैबीच आयोगमा दल दर्ताको निवेदन दिएपछि अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनलगायतका माग पूरा नभए पार्टी सरकारबाट बाहिरिने बताए । केही समय पार्टीले पर्खिने र माग पू्रा नभए सरकारबाट बाहिरिएर आन्दोलन चर्काउने भट्टराईको चेतावनी थियो । 

उनले समाजवादी पार्टी नेपाल देशको तेस्रो शक्ति भइसकेको भन्दै आगामी दिनमा पार्टीलाई थप सशक्त ढंगले अघि बढाइने पनि बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया