झापा–केहीँ दिन अघि देखि निकै चासोको बिषय बनेको धुलाबारीको एक बोक्सी आरोप काण्ड । स्थानीय ८१ बर्षीय बृद्धा माथि बोक्सीको आरोप लागेपछि यो बिषय निकै चर्चाको बिषय बनेको थियो ।
स्थानीय बृद्धा गंगादेवी बस्नेत माथी नजिकै रहेकी छिमेकी महिलले उपचारको क्रममा आफुलाई बोक्सी लगाएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको थियो ।घटना क्रमअनुसार छिमेकी कुमारी चम्लागाई लाई उपचारको लागि स्थानीय माताको लगेका थिए । माता पबित्रा शिवाकोटीले उपचारको क्रममा ति बिरामी महिलामाथी उपचारको वहानामा चरम यातना दिएको देखिन्छ ।
आफूलाई स्वघोषित माता बताउने ती माताले बिरामीलाई बकाउने गरेकी भिडियो सावर्जनीक भयो । चक्कु, त्रिशुल, चम्मरले उफ्रिँदै बिरामीले बोक्सी को हो भन रु भन्दै भुत्ल्याउने, कराउने, पिट्ने गरेकी थिइन् । सोही क्रममा ति कुमारी चम्लागाईले आफु तिनै बस्नेत थरकी आमाको रुपमा बोक्सी हुँ भन्दै बोलेको भिडियो बाहिँर आयो । जसमा माताले जवरजस्ती गरेको देख्न सकिन्छ ।
माताको यस्तो चर्तिकला अहिले विवादमा परेको छ । ति माता र बिरामी महिलाको बिषयमा प्रहरीमा उजुरी परेको भएपनि खासै चासो नदेखाएपछि वडामा केहीँ दिन अघि छलफल समेत भएको थियो । छलफलमा बिरामी महिलाका श्रीमानले आफ्नो गल्ती महशुस गरेका थिए । भने माताले आफ्नो गल्ती नभएको भन्दै आफ्ना कुरा माथि गरेकी थिइन् । छलफल सँगै ति बृद्धा आमाले आफुले न्याय नपाएको बताएपछि मिडियामा ल्याइएको थियो । यस पछि थप माताको बिषयबस्तु बुझन माताकोमा पुगेका संचारकर्मी माथी समेत मंगलबार र बुधबार उनका आसेपासेले दूर्व्यवहार गरे । पत्रकारलाई क्यामरा, मोवाइल केही चलाउन नदिइ माता पत्रकारमाथि जाइलागेकी थिइन् । माताले सञ्चारकर्मीलाई मन्दिरभित्रै आज अघोषित बन्दी बनाइन् । पत्रकारसँगको विवादपछि मात्र उनले तस्वीर खिच्न दिएकी थिइन् ।
म न्याय पाउँछु ?
आरोप लागेकी ८१ बर्षीय गंगादेवी बस्नेतले न्यायको माग गरेकी छिन् । उनले इलाका प्रहरी कार्यालय धुलाबारीमा कारबाहीका लागि निवेदन दिइसकेकी छिन् ।घटनाको बिषयमा थाहा पाएसगै दिएको निवेदन प्रहरी निकै दिन सम्म दर्ता गर्न मानेन् । निवदेन गर्दा गरेर कारवाही गरिदिन पीडितको माग छ । बोक्सीको आरोप खेपिरहेकी गंगादेवी बस्नेतलाई ८ वर्ष अघिदेखि नै चम्लागाई परिवारले बोक्सीको आरोप लगाइरहेका थिए । छिमेकी चम्लागाई परिवारले लामो समयदेखि चौतर्फीरुपमा बोक्सी भन्न थालेपछि आफूलाई गाउँमा बस्न निक्कै अप्ठ्यारो भएको बस्नेतले बताइन् । जग्गा विवाद भएपछि बोक्सीको आरोप लगाइएको उनको भनाइ छ । भोलिका दिनमा छोराछोरीको बिहे दान गर्नुपर्छ । बोक्सीको छोरी नातिनी पो रछे भनेर बिहे नहुने पो हो की भन्ने डरले सताएको शान्ति पौडेल बताउँछिन् ।
कानुनी प्रकृया सुरु
बृद्धा गंगादेवी बस्नेत माथि लागेको आरोपको बिषयमा कानुनी प्रकृया सुरु भएको छ । इलाका प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता भएसँगै यो प्रकृया आज बाट सुरु भएको छ । उजुरीमा दिएको नामको आधारमा सत्य तथ्य पत्ता लगाउन प्रहरी लागि पर्ने इलाका प्रहरी कार्यालय धुलाबारीमा प्रमुख टिका कार्कीले बताउनु भयो । अदालत बाट आएको पत्रको आधार र सबै प्रमाण सहित अघि बढ्ने कार्कीको भनाई छ ।
अनुसन्धान अनलाइनबाट
प्रतिक्रिया