युवा उद्यमीलाई राजनीतिमा लाग्न डा. भट्टराईको आग्रह

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल उद्योग परिसंघको युवा उद्यमि मञ्चले “बाबुराम भट्टराईको आखाँबाट नेपाल” भन्ने शिर्षकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग परिसंघ सचिवालयमा अन्तरक्रिया आयोजना कार्यक्रम गरेको छ  । 

उक्त अन्तरक्रियामा पूर्वप्रधानमन्त्री भट्टराईका प्रमुख सल्लाहकार प्रशान्त सिंह पनि उपस्थित हुनुहुन्थ्यो । अन्तरक्रियाको मूख्य उद्देश्य पूर्व प्रधानमन्त्री भट्टराईको राजनीतिक जीवनको अनुभव र नेपालको अबको भविष्य कस्तो देख्नु हुन्छ भन्ने कुरा मा आफ्नो धारणा राख्नु भएको थियो । 

अन्तरक्रियामा उहाँले राजनीति व्यापार तथा उद्योगबाट अलग नरेहेकोमा जोड दिदै युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह समेत गर्नु भयो । नेपाल किन बाँकी विश्व भन्दा धेरै पछाडि परेको भन्ने युवा उद्यमीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्यहरुलाई उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो, “अठारौँ शताब्दीमा नेपाल २५ वटा विकसित देस भित्र पथ्र्यो । तर शाह तथा राणा शासन कालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।”

चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देश बीचको गतिशिल पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उहाँले उल्लेख गर्नु भयो । चीनसँगको सम्बन्धले महत्व राखे पनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको पनि पूर्व प्रधानमन्त्री भट्टराईले बताउनु भयो । 

उहाँले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विस्वास रहेको पनि महत्वका साथ उल्लेख गर्नु भयो । छलफलका क्रममा नेपालको भविष्य सकारात्मक रहेकोमा पूर्व प्रधानमन्त्री भट्टराईको जोड थियो । 

कार्यक्रमको प्रारम्भमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले डा. भट्टराईको स्वागत गर्नु हुँदै देशको हातमा उद्योग व्यवसायको वस्तुस्थिति बारे परिसंघको धारणा व्यक्त गर्नु भएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया