यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

७ बर्ष अगाडि

वीरगन्ज - समाजमा किशोर उमेरका मबिलश्रहरू फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ। बलात्कार तथा यौनहिंसायुक्त घटनाको शिकार हुने, उमेर नपुग्दै प्रेमको आकर्षणमा परी बेचबिखनको जोखिममा पर्ने, कलिलै उमेरमा गर्भधारण र असुरक्षित गर्भपतन गर्ने जस्ता घटना एकपछि अर्को बाहिरिने क्रम जारी छ।

जेठ १२ गते १५ वर्षीया किशोरी एक्लै भारततिर जान लागेको देखेर वीरगन्ज नाकास्थित शंकराचार्यद्वारनजिक रहेका सुरक्षाकर्मी र माइती नेपालका स्वयमसेवीले शंका गरे। रोकेर सोधपुछ गर्दा ती किशोरीले साथीसँग पारि जान थालेको बताइन्। छिमेकी गाउँका १९ बर्से केटा नेपाल–भारत जोड्ने मितेरी पुलमा ती किशोरीलाई पर्खिरहेका थिए। ती केटाले भगाएर किशोरीलाई भारततिर लैजान लागेका थिए। किशोरीले घरको दराजबाट झिकेर ल्याएको पचास हजार रुपैयाँ पनि साथमै थियो।नागरिक दैनिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया