अर्थमन्त्रीको दावी: दक्षिण एशीयाकै सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा

७ बर्ष अगाडि

काठमाडौँ - अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी गरेका छन् । 

नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको उनले बताए । 

पूँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एशीयामा सबैभन्दा राम्रो रहेको उनको भनाई छ ।

मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उनले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्र्नेमा जोड दिए । 

त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अरव पु¥याउने घोषणा गरे । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया