स्याङ्जा – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा जेठ २७ गते दुर्घटनामा परेको छ । मन्त्री सवार गाडी आधा मात्र पल्टिएकाले मन्त्री महासेठ भने गाडीको ढोका खोलेर सकुशल उत्रिएका थिए ।
अर्जुनचौपारी गाउँपालिकास्थित शहरे खोला पुलको शिलान्यास गरेर फर्किने क्रममा मन्त्री महासेठ सवार बा २ झ ४०२९ नं को गाडी चिप्लिएर खोलामा आधा डुबेको थियो । गाडीबाट सुरक्षाकर्मीको सहायतामा मन्त्री महासेठलाई सकुशल बाहिर निकालिएको थियो ।
गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले जानकारी दिए । मन्त्री महासेठ पोखरा पुगेको खबर प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले दिएका छन् । खोलामा पानीको मात्रा बढी भएका कारण मन्त्री सवार गाडी आधा डुबेको हो ।
प्रतिक्रिया