काठमाडौं – देशभित्र रोजगारीको अभाव छ । राम्रो काम पाउन मुस्किल जस्तै छ । यस्तो अवस्थामा केही न केही उापय गरेर वैदेशिक रोजगारीका लागि विदेश जान चाहनेको संख्या पनि उत्तिकै रहेको छ ।
रोजगार अनुमति प्रणाली मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार दुई सय १४ जना युवा भाषा परीक्षामा सहभागी भएका छन । परीक्षा आइतबार सकिएको छ । तर सरकारले भाषा सिकाउनका लागि सहज प्रयास नगर्दा नेपाली युवाले वैध अवैध रुपमा खुलेका कन्सल्टेन्सीलाई मात्रै ९ अर्ब बढी रकम बुझाएको पाइएको छ ।
उनीहरुले भाषा सिक्नका लागि मात्रै उक्त परिमाणको रकम खर्च गरेको पाइन्छ । भाषा परीक्षामा पास हुँदैमा कोरिया जान पाउने ग्यारेन्टी भने हुँदैन । तर मोटो रकम खर्च गर्दा समेत उनीहरु ठगिएका छन् । सरकारले यसतर्फ कुने पनि ध्यान दिन सकेको छैन ।
रोजगारीका लागि कोरिया जाने सपना बोकेका बेरोजगार नेपाली युवाले भाषा सिक्न मात्रै वर्षमा नौ अर्ब रुपैयाँ खर्च गर्छन् । काठमाडौं उपत्यका, पोखरालगायत ठूला सहरमा भाषा सिकाउने इन्स्टिच्युटले बेरोजगार युवासँग मोटो रकम उठाएपनि सरकारले कुने चासो राखेको छैन ।
कोरिया जान खर्च भएको नौ अर्ब २० करोड रुपैयाँ संगठित रूपमा खर्च गर्ने हो भने वर्षमा ४५ मेगावाटको विद्युत् आयोजना बन्न सक्ने छ । तर त्यसतर्फ सरकारले ध्यान दिएको छैन ।
प्रतिक्रिया