नेप्सेले गर्यो सूचिकृत कम्पनीको वर्गिकरण: ५ बैंक ए वर्गमा, अरु कम्पनी कुन वर्गमा ? (सूचिसहित)

७ बर्ष अगाडि

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चैत मसान्तसम्म सूचीकृत कम्पनीलाई चार वर्गमा विभाजन गरेको छ ।

‘ए’ वर्गमा पाँच वाणिज्य बैंक छन् भने बाँकी कम्पनी ‘जी’ र ‘जेड’ मा परेका छन् ‘बी’ मा भने कुनै पनि कम्पनी परेको छैन । क्लास ‘ए’ मा ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र सनराइज बैंक परेका छन् । नेप्सेले चालू आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासका आधारमा नयाँ वर्गीकरण सार्वजनिक गरेको हो । यसमा सन्तुष्ट नभएका कम्पनीलाई नेप्सेले ‘ए’ र ‘बी’मा पर्नुपर्ने कारण बुझाउन ३५ दिनको अवधि दिएको थियो ।

यसमध्ये पाँच वाणिज्य बैंकले चित्त बुझ्ने कारण दिएपछि क्लास ‘ए’ मा परेका हुन् । धितोपत्र बोर्डले साउन १ गतेदेखि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ लागू गरी सूचीकृत कम्पनीलाई चार वर्गमा विभाजन गर्ने व्यवस्था गरेको हो ।

नेप्सेले क्लास ए, बी, जी र जेड गरी चार समूहमा २०९ सूचीकृत कम्पनीको वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार क्लास ‘बी’ मा कुनै पनि कम्पनी परेका छैनन् । क्लास ‘जी’ मा ३४ कम्पनी र क्लास जेड मा १७० कम्पनी छन् ।

कम्तीमा चुक्तापूँजी रू. १ अर्ब भएको, सञ्चालन भएको ३ वर्ष पूरा भएको, ३ वर्षदेखि मुनाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङबाट औसत वा सोभन्दा माथिको रेटिङ पाएको, पुस मसान्तसम्म साधारणसभा सकेको र नेप्सेमा सूचीकृत भएको २ वर्ष पूरा भएको कम्पनी ए वर्गमा पर्छन् ।

कुन कम्पनी कुन वर्गमा  ?

७ बर्ष अगाडि

प्रतिक्रिया