ठमेल पर्यटन विकास परिषद्मा को कसले जिते

७ बर्ष अगाडि

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दै राणा निर्वाचित भएका हुन्। 

अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ विजयी भए ।

महासचिव पनि राणा समूहकै धुव्र अधिकारीले जिते ।  सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भए ।  

सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

 नवनिर्वाचित अध्यक्ष राणाले ठमेललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताए । ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्ने उनको भनाइ छ । स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया