रबी लामिछानेले हेल्मेट लगाउनु पर्छ, रबीलाई दशा लाग्यो : मेयर द्वारिकालाल चौधरी (भिडियोसहित)

७ बर्ष अगाडि

पद बाट निलम्बन गरे गरून् – काठमाडौँ –  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले अहिले आफुलाई बदनाम गराउन ठुला ठुला मिडिया नै लागेको आरोप लगाएका छन् । उनले केहिदिन देखी कान्तिपुर दैनिक जस्तो अनलाइन पनि आफु विरुद्ध लागेको आरोप लगाए । उनको आफुलाई नसोधि आफ्नै मनखुसी पत्रकारहरुले लेखेको पनि आरोप छ । 

मेयर चौधरीले पत्रकार रबी लामिछानेले चै भष्ट्राचारीलाई टुडिखेलमा लगेर उडेर नाकको डाडी खुस्किने गरी हान्न मन छ भन्दा केही नहुने भन्दै आफुले त्यही  गरेको बताए । 

तपाइलाई रबी लामिछानेले अब तपाइ सँग बोल्दा त हेल्मेट लगाउनु पर्ने भयो नि यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नमा मेयर चौधरीले भने रबी लामिछानेले चै अब हेल्मेट लाउनुपर्छ । रबी लामिछानेको जुन उदण्डता देख्दै छु, रबी लामिछानेले चै हेल्मेट लगाउनु पर्छ । उनले थपे रबीलाई दशा लाग्दैछ । 

क्यानडा नेपालको युट्युव च्यानलमा अन्तरवार्ता दिदै उनले आफुलाई बदनाम गराउन ठुला ठुला मिडिया नै आफु विरुद्ध लागेको बताए । उनले आफुले भष्ट्राचारहरुलाई कारवाही गरेरै छाडेने बताए । उनले भष्ट्राचार गरेको व्यक्तिलाई कारवाही गर्दा पद बाट निलम्बनमा परे पनि केही नहुने बताए । 

भिडियो

 

७ बर्ष अगाडि

प्रतिक्रिया