काठमाडौं – कलंकी–महाराजगंज सडक सीमामा अस्थायी र स्थायी संरचना १५ दिनभित्र हटाउनुपर्ने सूचान सार्वजनिक भएको छ । सो अवधिमा संरचना नहटाए आयोजना आफैले डोजर लगाउने भएको छ।
काठमाडौ चक्रपथ सुधार योजनाले सार्वजनिक सूचना निकाल्दै सो समयमा नहटाए सार्वजनिक सडक ऐन अनुसार सडक खुला गराउनेछ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयबाट भत्काउने उल्लेख गरिएको छ । त्यसरी भत्काउँदा लाग्ने खर्च सम्वन्धित घरधनीबाट असुल गरिने चेतावनी समेत दिएको छ।
चक्रपथमा अतिक्रमण गरेर संरचना बनाईएकाले त्यसलाई हटाउन सूचना निकालिएको छ । निर्माण कार्य सुरु गर्नु अघि नयाँ आएको नियमावली अनुसार साईट क्लियर र आयोजना पूर्व तयारी गर्नुपर्छ ।
सडकको केन्द्र विन्दुबाट दायाँबायाँ दुवैतर्फ ३१र ३१ मिटरसम्मको सडक सीमामा रहेका संरचनाहरु हटाउनुपर्ने भएको छ ।
सडकको सीमाभित्र स्थायी वा अस्थायी संरचना (घर, टहरा, घुम्ती, विग्रिएका सवारीसाधन, हार्डवेयर पसलका सामान तथा अन्य प्रकृतिका पसल) राख्न निषेध गरिएको छ । आयोजनाले साईट क्लियर गर्न सहयोगका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, ढल लगायतलाई पत्र समेत काटिसकेको जनाएको छ ।
सडक विभागमा चिनियाँ पक्षले प्रारम्भिक अध्ययन रिपोर्ट भने बुझाईसकेको छ । सो खण्ड गत असोजबाट सुरु गर्ने योजना थियो । चीन र नेपाल वीच अनुदानमा बनाईदिने द्धिपक्षीय सम्झौता भइसकेको छ ।
तर चिनियाँ पक्षले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नबुझाएका कारण ढिला भएको छ । काम सुरु गरेको तीन बर्षमा यो सडक सक्ने लक्ष्य राखिएको छ । यो खण्ड विस्तारका लागि रु ६ अर्व लाग्ने प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया