काठमाडौं – फष्ट नेपाल फाउण्डेशनको आज एक औपचारिक कार्यक्रम गरि उक्त संस्थाले भोलीका दिनमा के कस्ता मानविय तथा समाजिक सेवाका कार्यहरु गर्नेछन भन्ने विषयमा फाउण्डेशनको औपचारिक घोषणा भएको छ ।
आयोजीत कार्यक्रममा उक्त संस्थाले नेपाली दाजुभाइ दिदी वैनीहरु वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा दुर्घटनामा परि अंगभंग भई घाइते भएका नेपाली नागरिकहरुलाई उपचार तथा पुर्नस्थापना गराउने,विदेशमा रोजगारिको शिलसिलामा गइ अलपत्र परेका नेपालीहरुलाई आवस्यक सहयोग गर्ने,वैदेशीक रोजगारीमा जानेहरुलाई निसुल्क अभिमुखीकरण तालिम सन्चालन गर्ने ,साथै जनचेतनामुलक कार्यहरु गर्दै शिक्षा प्रदान गर्ने र उनीहरुको हकहितको लागि आवाज उठाउने पवित्र उदेश्य राखि यस संस्था स्थापना गरिएको संस्थाका अध्यक्ष प्रदिपराज वन्तले उत्त कार्यक्रममा बताउनु भयो । उक्त कार्यक्रममा वन्तले नेपालभर कोही वैदेशीक रोजगारिमा गएर घाइते भइ नेपालको कुनै स्थानमा हुनुहुन्छ भने जानकारी तथा खवर गर्नु हुन पनि आग्रह गर्नु भएको छ ।
उक्त कार्यक्रममा सिभिल बैंकका डाइरेक्टर तथा सल्लाहाकार जयन्द्रलाल श्रेष्ठले नेपाली सवैले गर्ने मानव सेवा भन्दा भिन्दै उदेश्य राखी स्थापना गरिएको संस्थाको प्रगतीका कामना सहित आफ्नो ठाउवाट आर्थिक तथा भौतीक रुपमा सहयोग गर्ने वताउनु भयो ।
त्यस्तै सिजन मिडियाद्धारा आयोजना गरिएको विभिन्न सौन्दर्य प्रतियोगीतामा सहभागी भइ विजेता भएका मिसेस व्यूटी क्वीन नेपालकी विजेता शान्ति लिम्वु ,मिस इकलेज विजेता नितिका कर्मचार्य,यूनीता खत्री,मिस टिन कलेज विजेता आस्मा अधिकारी, आसीयाना अधिकारी,कलेज हेन्डसम नेपालका उपविजेता सुर्दशन श्रेष्ठ, जुनीयर स्कुल प्रिन्सेज विजेता गृष्मा योन्जन लगायतले भोलीका दिनमा यस फाउण्डेसनमा आवद्ध भई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया