श्रीमतीको शव छोडेर श्रीमान फरार भएपछि...

७ बर्ष अगाडि

जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी श्रीमतीको शव छोडेर पति फरार भएका छन् । धनुषाको क्षिरेश्वर नगरपालिका निवासी अरविन्द यादवकी २२ वर्षीया पत्नी रेणु यादवको उपचारका क्रममा गएराति निधन भएको थियो।

विरामी श्रीमतीलाई उपचारका लागि अस्पताल ल्याएका यादव अहिले सम्पर्कविहीन भएको अस्पतालले जनाएको छ । रेणुका माइतीपक्ष अस्पताल पुगेका छन् ।

माइती पक्षले भने छोरीको मृत्यु शंकास्पद भएको दावी गरेका छन् । रेणुका बुवा रामविनय यादवले छोरीको मृत्यु नभई हत्या भएको हुन सक्ने आशंका गरे । यादवका अनुसार आज बिहान ३ बजे छोरीका बारेमा खवर आएको र अस्पताल पुग्दा छोरीका परिवारका कोही पनि नदेखेको बताए ।

रेणुको ६ वर्ष अगाडी बिहे भएको थियो । बिहे भएको ६ महिनापछि ज्वाइँ विदेश गएको र पछिल्लो समय फोन पनि गर्न छोडेको बाबु यादवले बताए।

रेणुको शव पोस्टमार्टमको लागि अहिले जनकपुर अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । पोस्टमार्टम भएपछि मात्र केहि भन्न सकिने जनकपुर अञ्चल अस्पतालले जनाएको छ । रेणुका पति २० दिन अघि स्वदेश फर्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया