बर्दिवासमा एसिड प्रहार

७ बर्ष अगाडि

महोत्तरीको बर्दिवासमा एक जना किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा –२ का १५ बर्षीय किशोर सुरज मुखिया रहेका छन् ।

शुक्रबार १० बजे तिर राती बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा  छ्यापेको एसिडले सुरज  गम्भीर घाइते भएका हुन् ।

अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवास  ले जनाएको छ ।

मुखिया बर्दिवासचोकमा खानेपानी बोतल, कवाडी समान (सडकमा मिल्किएका पानीका बोतल, फलामे तार र मिल्किएका लोहालक्कड) बेच्ने पेशाका हुन् । मुखियालाइ शुक्रबार बर्दिबास चोक नजिकको साघुँरो गल्लीमा अपरिचित व्यक्तिले एसिड छर्केर भागेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए । 

मुखिया लोहालक्कड बटुल्दा कतिपय पसलमै पसेर चोरेर भाग्ने गरेको गुनासो व्यापारीले गर्दै आएको प्रहरीले जनाएको छ । यसअघि कैंयौपटक मुखियालाइ प्रहरीले नियन्त्रणमा लिएर यस्ता घटनाबारे सोधपुछ गर्दै आएको प्रनि साहले बताए । मुखियाको सङ्गत ठिक नरहेको आमा जयकलादेवीले पनि स्वीकार गरेकी छन् ।

मुखियाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सक डा. सीताराम पराजुलीले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया