प्रदुषणयुक्त दुध वितरण केन्द्र तत्काल बन्द गराउन कृषिमन्त्रीको निर्देशन

७ बर्ष अगाडि

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्यमा हानी पुर्‍याउने खालका सबै दुध वितरण केन्द्रमाथि कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

मन्त्री खनालले काठमाडौं उपत्यका भित्र रहेका प्रदुषणयुक्त दुध वितरण केन्द्र तत्काल बन्द गराउन सम्बन्धित निकायलाई सचेत गराए ।

‘११ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस’को अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने खालका दुध वितरण केन्द्रमा छापा मार्न निर्देशन दिएपनि सोही अनुसारको काम गर्न नसकेको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि व्यक्त गरे । 

७ बर्ष अगाडि

प्रतिक्रिया