अझै पनि राजतन्त्र चाहने मुर्खहरु छन् : प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको बताएका छन् । ‘हरेक दिन नयाँ–नयाँ कामको थालनी भइरहेको छ, सरकार देशलाई संमृद्धिको मार्गमा डो¥याउदैछ,’ उनले भने । 

भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने,मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र संमृद्धिको उत्सव मनाउँदै गर्दा अझैपनि राजतन्त्र चाहने मुर्खहरु छन्  ।

उद्घाटन कार्यक्रममा बोल्दै ओलीले युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न कार्यक्रमले सहयोग पु¥याउने बताए । ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको बताए ।

मुलुकमा सरकार विरोधी केही तत्वहरु सक्रिय भएको र क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरुलाई सफल हुन नदिने बताए । ओलीले सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गरे । उनले कार्यक्रमसँग आवद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गरेका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया