घर–घरमा गएर रोजगारी दिन्छौँ:  प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घर–घरमा गएर रोजगारी दिने बताउनुभएको छ । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घर-घर पुगेर रोजगारी दिने आश्वासन दिनुभयाे । 

उहाँले ४० लाख नेपाली युवालाई आफ्नो नेतृत्वको सरकारले विदेश नपठाएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताउनुभयो । सरकारले भ्रष्टाचार नगरिकन काम गरिरहेको दाबी गर्दै काममा मात्र विश्वास गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘यसअघि सरकारले राम्रो काम नगर्दा विपक्षीले विरोध गर्ने परिपाटी भए पनि अहिले राम्रो काम गरेको देखेर विपक्षीहरु डाहाले विरोध गरिरहेका छन्’, उहाँले भन्नुभयो ।  

७ बर्ष अगाडि

प्रतिक्रिया