काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष भित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने बताए । उनले मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न केन्द्रीत हुन प्रदेश र स्थानीय तहलाई आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले जनताको अपेक्षालाई सम्बोधन गर्न वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनु परेको बताए ।
प्रतिक्रिया