सुर्खेत – सामान्यतया कुनै पनि सार्वजनिक कार्यक्रममा मुख्य अतिथिको काम रिवन कोट्ने, बत्ती बाल्ने र भाषण गर्ने हुन्छ। तर, कर्णाली प्रदेश सरकारकी एक मन्त्रीले भने सार्वजनिक कार्यक्रममै भैसीको दुध दुहेर कार्यक्रमको शुभारम्भ गरेकी छन्।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बुधबार एक कार्यक्रममा भैसीको दुध दुहेर कार्यक्रममो शुभारम्भ गरेकी हुन्। वीरेन्द्रनगर–१ बाङ्गेसिमलका दलित समुदायलाई भैसीपालन वितरण गर्न पुगेकी मन्त्री केसीले कार्यक्रम स्थलमै दुध दुहुएकी हुन्।
दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरर्गत ५० घरधुरीलाई भैसी वितरण गरेको हो। भैसी हस्तान्तरण गर्दै मन्त्री केसीले अनुदानको सही सदुपयोग गरेर जीविकोपार्जन सुधार ल्याउन आग्रह गरिन्।
प्रतिक्रिया