मेयर चौधरी भन्छन्: मैले भष्ट्राचार गर्नु भनेको हिन्दु धर्मालम्बीले गाई र आमाको मासु खाए सरह

७ बर्ष अगाडि


 इटहरी – पछिल्लो समयमा निकै चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीले आफुले भष्ट्राचार गर्नु भनेको हिन्दु धर्मालम्बीहरुले गाई र आमाको मासु खाए सरह हुने बताएका छन् । 

प्राइम टाइमको कार्यक्रममा बोल्दै मेयर चौधरीले आफुले भष्ट्राचार गर्नु भनेको हिन्दु धर्मालम्बीहरुले गाई र आमाको मासु खाए सरह हुने बताएका हुन् । 

उनले आफु एक भुमि पुत्र किसानको छोरा भएको भन्दै भनेका छन्, मैलै भष्ट्राचार गरेर खानु पनि नपरोस । अहिले पनि मलाई पाखाबारी खनेर खान पुग्छ । बारीकै साग खान्छु,आफ्नै गोठको दुध खान्छु । 

उनले आफुलाई भष्ट्राचार गरेको भन्नेलाई इटहरी आएर हेर्न समेत आग्रह गरे । मेरो जिवन सैली कस्तो छ,मेरो बैंक ब्यालेन्स कति छ, मैले कालो धन कहाँ लुकाएको छु, आएर हेर्नुहोस् । म देखाइदिन्छु । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया