गौशालाको जग्गा व्यक्तिका नाममा दर्ता गरेपछि...

७ बर्ष अगाडि

राजविराज – राजविराजस्थित राजदेवी गौशालाको जग्गा व्यक्तिका नाममा नामसारी भएको पाइएको छ । चालीस वर्षअघि स्थानीय धान चामल व्यवसायीले जग्गा खरिद गरेर राजविराजमा गौशाला सञ्चालन गरेका थिए । ०३३ सालमा राजविराज– ९ मा साढे १४ कट्ठा र तिलाठी कोइलाडी गाउँपालिका–१ महादेवामा करिब तीन बिघा जग्गा खरिद गरेर गौशाला सञ्चालन गरिएको थियो । 

राजविराजको साढे १४ कट्ठामध्ये पाँच कट्ठा जग्गा बिक्री भएको पाइएको हो । ०५० र ०५८ सालमा गरी शेखरकुमार, विष्णुकुमार, सावित्रा कुमारी, रानी कुमारी, गंगाराम, रमानन्द यादव, महेन्द्र सुतिहार, अमिरकाकुमारी यादव, सुनितादेवीलगायतको नाममा जग्गा नामसारी भएको मालपोत कार्यालय राजविराजले जनाएको छ । जग्गा बिक्रीका लागि गौशाला व्यवस्थापन समितिको अख्तियारीपत्र समावेश भएको भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका कर्मचारी बताउँछन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया