नयाँदिल्ली – भारतमा हालै सम्पन्न लोकसभा चुनावमा करिव ६ खर्ब भारतीय रुपैयाँ खर्च भएको छ ।
निजी ‘थिंक ट्यांक’ सस्था ‘सेन्टर फर मिडिया स्टडिज–सीएमएस’ को प्रतिवेदनअनुसार यसपटकको लोकसभा चुनावमा साढे ५ खर्बदेखि ६ खर्ब भारतीय रुपैया खर्च भएको उल्लेख छ ।
प्रतिवेदनअनुसार यो रकमको करिव ४० प्रतिशत उम्मेदवार र ३५ प्रतिशत राजनीतिक दलले खर्च गरेका हुन् । प्रतिवेदनअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा औसतमा एक अर्बबराबर खर्च भएको छ, यस हिसाबले एक मतदातामाथि ७ सय भारतीय रुपैयाँ खर्च भएको छ ।
यसपटकको चुनावमा सन् २०१४ को तुलनामा झण्डै दुई गुणा बढी नगद र सामाग्रीहरु बरामद भएको निर्वाचन आयोगको भनाई छ । आयोगका अनुसार यसपटक मतदातालाई प्रभावित पार्न लगिँदै गरेको करिव साढे तीन अर्ब बराबरको लागूऔषध, मदिरालगायतका सामाग्री बरामद भए ।
प्रतिक्रिया