काठमाडौँ – धनुषा जिल्लाको तत्कालीन जिल्ला विकास समितिमा कार्यरत कर्मचारीहरु सरकारी सामान लिएर फरार भएका छन् । कार्यालय प्रयोजनका लागि दिइएका मोटरसाइकल र ल्यापटप लगायतका सामग्रीहरु लिएर २८ जना कर्मचारी फरार भएका हुन्।
कार्यालय प्रयोजनका लागि दिइएका २० थान मोटरसाइकल, एक थान स्कुटर, १९ थान ल्यापटप, सात थान क्यामेरा, दुई थान मोबाइल र एक थान हेडफोन नबुझाई फरार हुनेमा वरिष्ठ कर्मचारीदेखि कनिष्ठ कर्मचारी रहेका छन् ।
त्यस्तै सम्बन्धित सरोकारवालाले प्रदेश २ मा कर्मचारीको अभाव भएको गुनासो गरिरहेका बेला जिल्ला समन्वय समिति धनुषामा कार्यरत केही कर्मचारीहरु कार्यालयमा हाजिर मात्रै गर्न आउने गरेको पाइएको छ ।
प्रतिक्रिया