सुदूरपश्चिममा भीषण आँधीहुरीः व्यापक क्षति, विस्तृतमा पढ्नुहोस्

७ बर्ष अगाडि

काठमाडौं– सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ ।
 साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरी आएको हो । 
प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट कम्तीमा २५ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर भएको जनाइएको छ । 

 हावाहुरीका कारण धनगढीमा १५ जना घाइते भएका छन् । यस्तै  रुखहरु ढल्नाका साथै सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए । 
आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न छ । अहिले प्रहरीले उद्दार कार्य जारी राखेको उनले बताए । 

यस्तै कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हुरीबाट १० जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया