झापा –मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी सुरु भएको पुल नौ वर्ष बितीसक्दा ढलानको क्रममा भत्किएको हो । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र अनुगमनमा छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप छ ।
स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र विष्टले आइतबार साँझ ढलानका क्रममा ‘रेडी मिक्स्चर’ले मसला खन्याउँदै गर्दा ‘फ्रेमिङ’ भत्किएको बताए । तर, पुलको पिलरमा समेत बाहिरैबाट फलाम देखिएकाले गुणस्तरहीन काम भएको स्थानीय बताउँछन् ।
पाँच करोड ८७ लाखमा मैनाचुली र लामा निर्माण कम्पनीले ठेक्का पाएको पुलको चारपटक म्याद थपिएको थियो ।
प्रतिक्रिया