प्रचण्डको निजी सुरक्षा प्रमुखमा खटिए हाईटी मिसनबाट फर्किएका डिएसपी

७ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निजी सुरक्षा प्रमुखमा प्रहरी नायव उपरिक्षक (डिएसपी) नरेशराज सुवेदी खटिएका छन् ।

हाईटी मिसनबाट भर्खरै फर्किएका सुवेदीलाई प्रहरी प्रधान कार्यालयले बिहीबारबाट प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा खटाएको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानको प्रमुखको रुपमा सरुवा भए पनि बिहीबार उनलाई सुरक्षा सेवा ब्यवस्थापन निर्देशनालयमा काज सरुवा गरेर प्रचण्डको सुरक्षामा खटाईएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । 

यसअघि प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा कार्यरत डिएसपी सन्तोष सिंह राठौरको महानगरीय प्रहरी वृत लैनचौरमा सरुवा भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया