मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–भक्तपुर नगरपालिका(१) सल्लाघारीस्थित बा।८८ प २६५३ नम्बर र बा।९४ प ९५३७ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सल्लाघारी बस्ने सिन्धुपाल्चोक  जुगल गाउँपालिका(७ घर भएका २३ वर्षीय शरण तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई मोटरसाइकल चोरी गरी सल्लाघारी चोकतर्फ लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै चोरीमा संलग्न हाल नाम, थर वतन नखुलेका व्यक्ति फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया