जनयुद्धले दिएको परिवर्तन आज विर्सन मिल्छ ? काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् सांसद जनार्धन शर्मा प्रभाकरले नेपालीहरु यहाँ सम्म आइपुग्नका लागि विगतका सरकार र शासनमा सहभागी हुदै आन्दोलनको नेतृत्व गर्दे यहाँ सम्म आइपुगेको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगत देखि यहाँसम्म गरेका गल्तीहरु आ आफ्नो ठाउबाट जिम्मा लिनुपर्ने इमान्दारीता हुनुपर्ने बताए । उनले भने यहाँसम्म गरेका गल्तीहरु आज एकले आर्कालाई दोषरोपण गरेर पानीमाथिको ओभानो भएर सुख पाइदैन । पानीमा कोहीपनि ओभानो हुन सक्दैन ।
उनले थपे यो पछिल्लो समयमा सत्तामा बसेर निरन्तर नेतृत्व गर्ने तेसका पनि समयावृति होलान,योजना होला, त्यतिबेला भएका कामहरुपनि होलान । यी सबै कामहरुमा भएका गल्तीहरु सामुहिक रुपमा अहिले यहाँ लिनुपर्छ । र एकले आर्कालाई दोषरोपण गर्ने बेला होइन ।
उनले भने उपलब्धि पनि होलान ।आन्दोलन हामीले गरेका छौँ, कुनै सामुहिक रुपमा कुनै न कुनै रुपमा सहभागी भएर । ७ सालदेखि पछिल्ला मधेष आन्दोलनसम्म आइपुग्दा आन्दोलनको नेतृत्व गरेर परिवर्तनको एउटा उचाइमा छौँ । यसको पनि उपलब्धि सामुहिक रुपमा लिनुपर्दछ ।
यहाँ परिवर्तनलाई,संघियतालाई,संविधान सभालाई,अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानाको फलानोको पालामा गरेको भन्ने ? अनि त्यसपछी आएर जनयुद्ध जंगल पसेर यो सब विनास गरेर भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु । जनयुद्ध गरेर यो देशका एउटा परिवर्तन गर्ने म पनि एउटा कमाण्डर हु । त्यकारण म पुर्णरुपमा जिम्मा लिन चाहान्छु ।, त्यसले दिएको परिवर्तन आज विर्सन मिल्छ ? त्यसकारण गल्तीहरु पनि सामुहिक रुपमा लिउ र त्यहा भएको कमि कमजोरी लिन म तयार छु । र त्यतिबेलाको माओबादी लिन तयार छ । कमरेड प्रचण्ड तयार हुनुहुन्छ ।
प्रतिक्रिया